डिट्ठाको चंगा ट्रेलर सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

जेठ २५ गतेबाट सार्बजनिक प्रदर्शनमा आउने तयारीमा रहेको हाँस्यकलाकार किशोर भण्डारी (डिट्ठा साब) को निर्देशनमा बनेको चलचित्र ‘चङ्गा’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । सोमवार राजधानीमा आयोजिक एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा कलाकार अंकित खड्का लक्ष्मी वर्देवा र बुद्दि तामाङ देखिएका छन् । ट्रेलरमा प्रेम र पैसाको चक्कर देखाइएको छ ।

बुद्दि तामाङ, कमलमणि नेपाल, अंकित खड्का, रेश्मा तिमल्सिना,लक्ष्मी वर्देवा, राजन खतिवडा, जीवन भट्टराई, लगायतका कलाकारहरुको अभिनय रहेको यो चलचित्र कमेडी जनराको पारिवारिक तथा सामाजिक चलचित्र भएको निर्देशक किशोर भण्डारीले बताए । रविन आचार्यको छायाँकन, राजनराज शिवाकोटी र कमल खत्रीको संगीत रहेको छ। निर्देशक भण्डारीकै कथा समावेश चलचित्रको निर्मात्री कलाकार समेत रहेकी रेश्मा नै हुन् । कार्यकारी निर्मातामा प्रकु पाण्डे रहेका छन् ।