‘चंगा चेट’ भदौ १५ बाट


सेलिब्रेटी नेपाल काठमाडौँ

दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘चंगा चेट’ भदौ १५ बाट सार्बजनिक प्रदर्शनीमा आउने भएको छ । प्रियंका कार्की, ऋचा शर्मा, अर्पण थापा,आयुष्मान देशराज जोशी,परमिता राज्यलक्ष्मी राना,सुरक्षा पन्त,माओत्से गुरुङ,रविन्द्र झा,सन्दीप क्षेत्री,आशिफ शाह लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा समाबेश गीत ‘गोजीमा दाम छैन’ सार्बजनिक गर्दै चलचित्रको प्रचार प्रसार सुरु गरिने निर्देशक दिपेन्द्रले बताए।

काठमाडौँ, धरान र जनकपुरमा छायाँकन गरिएको चलचित्र डार्क कमेडी जनरामा निर्माण गरिएको छ चलचित्रलाई माधव वाग्लेले निर्माण गरेका हुन् । चलचित्रमा प्रदीप भारद्वाजको कथा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ ।