चन्द्रावती मंगसिर ८ मा रिलिज


सेलिब्रिटी नेपाल कार्तिक ४- चलचित्र हरु हलमा लाग्दै उत्रदै गरि रहेको अहिलेको समयमा कुनै पनि चलचित्रले उल्लेख्य व्यापार गर्न सकिरहेको छैन। सुरुमै नायिका र निर्देशक बीच ठुलै विवाद परेको चलचित्र चन्द्रावतीमंगसिर ८ बाट हल मा लाग्ने पक्का भयको निर्माण स्रोत ले जानकारी गरायको छ। सेक्स सिनलाई लिएर केहि महिना अगाडी निर्देशक गिरी र नायिका खड्का विच ठूलै विवाद पनि भएको थियो । फिल्ममा सेक्स सिनलाई हाईलाईट गरेको भन्दै नायिका खड्काले निर्माण युनिट बिरूद्ध उजुरी समेत हालेको बताईएको थियो । गोसाईकुण्ड फिल्मस्को ब्यानरमा संजय बुलुनले निर्माण गरेको चन्द्रावती राजु गिरीले निर्देशन गरेका हुन् गिरीको यस अघि दिलमाया र बिन्दास प्रदशन भइ सकेका छन् राजेश हमाल, आयुष रिजाल, युना उप्रेती, रेजिना उप्रेती, शशी खड्का, कुशल थापा एलिजा रिजाल लगायतले अभिनय गरेका छन् । प्रेमकथामा आधारित यो फिल्ममा अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्धन्द र शिव शर्माले नृत्य निर्देशन तथा बनिश शाहको सम्पादन रहेको छ ।