चन्द्रको गीतमा एलिसा र निराजनको रोमान्स (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

नव गायक चन्द्र पन्थीको गीत ‘आँखामा’ को भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गितमा शब्द संगीत समेत गायक पन्थीकै रहेको छ । क्लासिकल र पप म्युजिकलाई फ्युजन गरेर तयार गरिएको गीतको भिडियोमा निराजन प्रधान र एलिसा राईको अभिनय रहेको छ । सोनाम पाख्रिन निर्देशित भिडियोमा उत्सव दाहालको छायाङ्कन रहेको छ भने सम्पादन सुशिल न्यौपानेले गरेका हुन ।