चलचित्रको भिडमा अर्को चलचित्रको सुटिंग सकियो


सेलेब्रिटी नेपाल असोज २८-क्रृषि लामिछानेको निर्देशनमा तयार भएको चलचित्र ‘सरी ल’ को छायांकन शुक्रबारबाट सकिएको छ । चलचित्रको छायांकन ३४ दिनमा सकिएको हो । काठमाण्डौ वरपर छायांकन गरिएको चलचित्रलाइ अञ्जु केसीको प्रस्तुतीमा कृष्ण बहादुर महर्जनले निर्माण गरेका हुन् ।
चलचित्रमा सुवास थापा, राजन खतिवडा, अञ्जु केसी, मार्टिन खानका साथमा नव नायिका अनिता आचार्य र एनि कुँवरकले अभिनय गरेका छन् । चलचित्रमा शिबम अधिकारीको लेखन, बसन्त सापकोटा र शैलेश श्रेष्ठको संगीत रहेको चलचित्रमा रामशरण उप्रेतीको छायांकन छ ।
चलचित्रले छायांकन सकिएको अवसर पारेर पत्रकार तथा निर्माण युनिटसँग भेटघाट कार्यक्रम समेत आयोजना गरेको छ । शुक्रबार बेलुकी आयोजना गरिएको विशेष भेटघाट कार्यक्रममा चलचित्रको छायांकन सकिएको जानकारी गराएको थियो ।