आइतबार बाट चलचित्र सम्बन्धि सम्पूर्ण गतिबिधि ठप्प पार्ने


सेलीब्रेटी नेपाल माघ १३ गते- शुक्रबार चलचित्र विकाश बोर्डमा धर्मेन्द्र कुमार मरवैता पप्पुलाई विकाश बोर्डको अध्यक्ष नियुक्त गरिएपछि आन्दोलनमा रहेका चलचित्रकर्मीहरु झन् आक्रोशित भएका छन् चलचित्रकर्मीहरुले आज पत्रकार सम्मेलन गरी थप आन्दोलनको घोषणा गरेका छन् ।

आज चलचित्र विकास बोर्डमा भएको पत्रकार सम्मेलनमा उनीहरुले अर्को आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका हुन् । आन्दोलनको कार्यक्रमहरु यस्तो छ:

१.विभिन्न संघ संस्थाहरुको सहभागितामा नेपाल अधिराज्यभरका चलचित्र हल, चलचित्रको छायांकन, पोस्ट प्रोडक्सन सम्पूर्ण कार्य ठप्प पार्ने ।
२.सरकाले बोर्डको अध्यक्ष नियुक्त गरिएका ‘पप्पु’लाई सार्वजनिक रुपमा बहिष्कार गर्ने ।
३.चलचित्रकर्मीहरुको रिले अनशन जारी राख्ने ।
४.चलचित्र बिकाश बोर्डमा आइतबार चलचित्र विज्ञहरुसँग बृहत्त अन्तरक्रिया गर्ने ।

विगत केही सातादेखि विकाश बोर्डमा चलचित्र क्षेत्रकै व्यक्तिको नेतृत्व सहित ९ बुँदे माग राखेर शान्तिपूर्ण आन्दोलनमा रहेका चलचित्रकर्मीहरुको मागलाई सरकारले बेवास्ता गरेपछि आज थप आन्दोलनको घोषणा गरिएको र आन्दोलनको कार्यक्रमहरु भोलीदेखि लागू हुने भयको छ