छक्का पन्जा २ को पहिलो गीत सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

सफल चलचित्र छक्का पन्जाको सिक्वेल छक्का पन्जा २ को पहिलो गीत सार्बजनिक गरिएको छ ‘हे दाजु नसमाऊ नाडीमा, हिलो लाग्ला नाइलनको साडीमा’ बोलको गीत लोकलयमा आधारित छ । गीत सुन्दै जाँदा पुरानो नेपाली गीतसंगीतको झझल्को आउँछ ।

गीत स्वस्तिमा खड्का, वर्षा राउत, जितु नेपाल, केदार घिमिरे र स्वरूप सिंह गाडीको यात्राका क्रममा छायांकन गरिएको छ । प्रिन्स र दीपकराज गिरीले लेखेको गीतलाई अल्मोडा राना उप्रेती र सुजाता बर्माले स्वर दिएका छन् । संगीत प्रिन्स र अल्मोडा राना उप्रेतीको रहेको छ । आगामी असोज ११ गते रिलिज हुने ‘छक्का पञ्जा २’ को निर्देशन दीपाश्री निरौलाले गरेकी हुन् ।