प्रदर्शनमा ‘छक्का पन्जा ३’ के अघिल्लो रेकर्ड तोड्ला ?


सेलिब्रेटी नेपाल काठमाडौँ

‘छक्का पन्जा ३’ आज बुधबारबाट देशभर प्रदर्शनमा आएको छ । दीपाश्री निरौला निर्देशित चलचित्र मल्टीप्लेक्सका अधिकाँस शोज सँगै सिंगलका सबै जसो पर्दामा प्रदर्शनरत छ । देशभर १ सय २५ बढी हल छन् । सबैहल ‘छक्का पन्जा ३’ मय भएका छन् । बिजया दशमीको अवसर पारेर आज घटस्थापनाको दिन बाट चलचित्र प्रदर्शनमा आएको हो ।

‘छक्का पन्जा’ ले १६ करोडको व्यापार गर्दै नेपाली चलचित्र उद्योगमा सर्वाधिक कमाईको रेकर्ड राखेको थियो । त्यस्तै गत वर्ष रिलिज भएको ‘छक्का पन्जा २’ले पहिलो दिन, पहिलो विकेन्ड र पहिलो सातामा सर्वाधिक कमाईको रेकर्ड राख्न सफल भएको थियो । यी रेकर्डलाई ‘छक्का पन्जा ३’ले तोड्ने छ कि छैन त्यो चाहिं केहि दिनमा थाहा हुनेछ ।

‘छक्का पन्जा ३’ मा दीपकराज गिरी, दीपिका प्रशाई, बुद्दि तामाङ, केदार घिमिरे, जितु नेपाल, निर शाह, लक्ष्मी गिरी, शिवहरी पौडेल , किरण केसी, सारदा गिरी, बिमला गिरी, बसन्त भट्ट, विल्सन राई, अनुराग कुँवर जयनन्द लामा लगायतका कलाकारको अभिनय रहेको छ । केदार घिमिरे र जितु नेपाल कार्यकारी निर्माता रहेको चलचित्रमा सुमन गिरी, शिवहरि पौडेल, किरण केसी, ताराचन्द्र बजागाइ, पुरुषोत्तम प्रधान, दीपेन्द्र खनिया, केशव न्यौपाने निर्माताको रुपमा छन् । ‘छक्का पन्जा ३’मा दीपकराज गिरीको पटकथा र संवाद, जितु नेपाल, केदार घिमिरे, यमन श्रेष्ठ, दीपकराज गिरीको संवाद, पुरुषोत्तम प्रधानको छायाँकन, विपिन मल्लको सम्पादन र रोशन श्रेष्ठको द्वन्द रहेको छ ।