‘छक्का पन्जा ३’ पोस्टर हो कि,कार्यक्रमको ब्यानर ?


सेलिब्रेटी नेपाल काठमाडौँ
दीपा-दीपक क्याम्पबाट निर्माण हुने चलचित्रले बक्स अफिसमा तहल्का मच्चाउदै आएका छन् । अझ भन्नु पर्दा पछिल्लो केहि वर्ष बक्स अफिसमा यहिँ क्याम्पका चलचित्रले लिड गर्ने गरेका छन् ।

चौतर्फी दर्शकको साथ पाइरहँदा ‘छक्का पन्जा’ सिरिज सफलताको तेस्रो शृंखला सम्म आइपुगेको छ । तर, बिडम्बना नै मान्नुपर्छ । ‘छक्का पन्जा’ टिमले सफलताको फाइदा उठाउदै, कलालाई कुल्चदै गैरहेको छ । यो के मानेमा भने ‘छक्का पन्जा ३’को पोस्टर । यो पोस्टर होइन कुनै कार्यक्रमको फ्लेक्स हो जस्तो लाग्छ ।

नेपाली कला क्षेत्रमा लामो समय बिताएका दीपक-दीपाले पोस्टर के हो भन्ने बारेमा बुझेकै होलान । यहाँ त पैसा कमाउनुको ध्येय मात्र देखिन्छ । पोस्टर चलचित्रको आवरण हो । यसले कथा र फिल्मको सार बोल्नुपर्छ । पोस्टरकै माध्यमबाट चलचित्रको बारेमा दर्शकलाई अनुमान गर्न सजिलो हुन्छ की, यो कस्तो खालको चलचित्रहो ।

यदि चलचित्रको सार बोल्ने आवरण (गाता) बिज्ञापनले भरिन्छ भने दर्शकले किन चलचित्र हेर्ने ? बिज्ञापनका सामाग्री हेर्न किन हलसम्म जानु पर्यो ? उसो त पहिलो शृंखलाको तुलनामा ‘छक्का पन्जा’ का अन्य शृंखला खस्कदै आएका छन् । अब भने दीपा-दीपकले मनन गर्नुपर्ने समय आएको छ ।

यदि पाएको बेलामा भएजतिको सबै खाउँ भने बानी नछुटाए कुनै दिन झाडापखालाले पनि समात्न सक्छ भन्ने दीपक-दीपालाई बेलैमा चेत पुगोस ।