बाल मनोविज्ञानमा बनेको ‘मेरी मामु’ ट्रेलर सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

बाल मनोविज्ञानमा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘मेरी मामु’ ट्रेलर सार्बजनिक गरिएको छ चलचित्रको कथा एक बालक र उसको परिवारको वरिपरी घुमेको छ।

आशुषेन फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा निर्माता सन्तोष सेनका ७ बर्षिय छोरा आयुब सेनलाई मुख्य भुमिकामा प्रस्तुत गरिएको छ । यम थापाको लेखन तथा निर्देशन रहेको चलचित्र भाद्र १५ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ ।

चलचित्रमा आयुब सेन, सारुक ताम्राकार, अश्लेषा ठकुरी, कुसुम गुरुङको मुख्य भूमिका रहेको छ । बनिष शाह र भूपेन्द्र अधिकारीको सम्पादन रहेको चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, विक्रम लामा र एन्जिला श्रेष्ठको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द रहेको छ ।