कार्टुन क्रिउ अभिनित वेब सिरिज ‘ट्वान्टी फस्ट लभ’को ट्रेलर रिलिज


सेलिब्रेटी नेपाल काठमाडौँ
युवा पुस्तालाई लक्षित गर्दै निर्माण गरिएको वेब सिरिज ‘ट्वान्टी फस्ट लभ’को ट्रेलर रिलिज गरिएको छ। बुधबार राजधानीमा एक कार्यक्रमको बिच सिरिजको ट्रेलर सार्वजनिक गरिएको हो। चर्चित डान्स ग्रुप कार्टुञ्ज क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्माको मुख्य भूमिका रहेको यो सिरिज मार्च १ देखि कान्तिपुर टेलिभिजनबाट समेत प्रशारणमा आउनेछ।

सरिन पोखरेलको कन्सेप्ट, स्क्रिप्ट तथा निर्देशन रहेको ‘ट्वान्टी फस्ट लभ’मा सरोज र आश्मासँगै अनुष्का अधिकारी, संयोग गिरी, विजय अधिकारी, निशान्त सुवेदी, दृशी श्रेष्ठ,पवन शाक्य, अञ्जन शर्मा, राधा श्रेष्ठ, खगेन श्रेष्ठ, कमल अधिकारी र रश्मी भट्टको अभिनय रहेको छ। ईश्वर गुरुंग कार्यकारी निर्माता रहेको यो सिरिजलाई मिलन शंकर र ज्ञानेन्द्र शर्माले खिचेका हुन्।