बटर फ्लाई नायीका प्रियंका कार्कीको कमाई कति ?


सेलिब्रेटी नेपाल काठमाडौँ

प्रियंका कार्की अहिलेकी व्यस्त अभिनेत्री हुन् । उनि अभिनित चलचित्र बटरफ्लाई आउने शुक्रबार बाट प्रदर्शनमा आउंदै छ । प्रियंका लाई प्राय चलचित्र निर्माता निर्देशकले प्रचार प्रसारमा समय दिदिनन भन्ने आरोप लगाउने गरेका छन् । यो वर्ष मात्र प्रियंका अभिनित ‘राधे’, ‘लाल्टिन’, ‘छक्का पन्जा २’ र ‘फाटेको जुत्ता’ गरि चार चलचित्र प्रदर्शनमा आईसकेका छन् । जुन चलचित्रको प्रचारमा प्रियंका समय मिलेसम्म खटिइन् । तर, प्रचारकै लागी भनेर समय भने छुट्टयाईनन् । त्यसैले पनि निर्माता अर्जुन कुमारले ‘फाटेको जुत्ता’को सक्सेस पार्टीमा प्रियंकाप्रति आक्रोस व्यक्त गरेका थिए ।
चलचित्र, विज्ञापन, म्युजिक भिडियोमा प्रियंका सधैँ अगाडी छिन् ।

उनलाई एक पछि अर्को चलचित्रमा खेल्न भ्याई नध्याई हुन्छ तर उनलाई सधैं एउटै भूमिकामा देखीएको आरोप लाग्ने गरेको छ तर प्रियंका यसलाई स्वीकार गर्दिनन् , भन्छिन् मैले सधैँ एउटै भूमिकामा काम गरेको छैन । मेरो लागी हरेक चलचित्र नयाँ हुन्छ र त्यस भित्रको पात्र चुनौती । चलचित्रमा काम गर्नु मेरो पेसा हो । यो बाहेक मेरो बुटिक पनि छैन ब्युटिपार्लर पनि छैन । मैले यही क्षेत्रमा काम गरेर आफूलाई पाल्नु पर्छ । तर त्यसो भन्दैमा पैसाको लागी मात्र मैले काम गरेको हैन । अहिले मैले जे गरिरहेको छु त्यसमा खुसी छु, रमाइरहेको छु ।

प्रियंका भन्छिन् विदेशमा जस्तो सहज स्थीती छैन र यदी कुनै निर्माताले ११ करोड दिनु भयो भने म सायदै वर्षमा एउटामात्र चलचित्र गर्छु । चलचित्र क्षेत्र विकसित हुँदै गर्दा म यहाँ प्रवेश गरेकी हु। मैले नयाँ कलाकारले लिए जस्तो सायद १० ,१२ लाख पारिश्रमिक लिन पनि सक्दिन होला। ‘ तर पनि अहिले आफूले पाएको पारिश्रमिक चित्त बुझ्दो भएको र यसैबाट आफ् सन्तुष्ट भएको उनी बताउँछीन् ।