बुद्दी, छुल्ठिम र रोहितले मर्काए कम्मर नेप्टेको पहिलो गीत सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

चैत ३० लाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘नेप्टे’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘सुपारी काँचो’ बोलको गीतमा बुद्दी तामाङ छुल्ठिम गुरुङ, रोहित रुम्बा र चलचित्रका अन्य थुप्रै कलाकारहरु देखिएका छन् । राजधानीमा औपचारिक कार्यक्रमको आयोजना गर्दैचलचित्रको गीत सार्बजनिक गरिएको हो । सार्वजनिक गीतमा भानुभक्त ढकालको शब्द, ओम सुनारको संगीत र सावित्री जोशी र ओम सुनारको स्वर रहेको छ । गीतको भिडियो निर्देशन कविराज गहतराजले गरेका हुन् ।

आर रोशफी फिल्मस् र रोहित रुम्बाको प्रस्तुति रहेको चलचित्रलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । किरण माइकल घिमिरेको पटकथा/संवाद रहेको ‘नेप्टे’लाई रोहित रुम्बाले नै लेखेका हुन् । दयाहाङ राई, रोहित रुम्बा, बुद्दी तामाङ, छुल्ठिम गुरुङ, पुर्णिमा लामा, अर्जुन गुरुङ, अरुणा कार्की लगायतले अभिनय गरेको सिनेमामा जयकिशन बस्नेत अतिथि कलाकारको रुपमा छन् । चलचित्रमा तारा थापा (किम्भे)को सम्पादन, हरिघले लामाको छायाँकन रहेको छ ।