पहिलो नेपाल आइडल बुद्ध लामा आफ्नो गीतमा यसरी नाँचे(भिडियो)


काठमाडौं । नेपाल आइडल सिजन–वन का विजेता बुद्ध लामाको नयाँ गीत सार्वजनिक भएको छ । उनको ‘सानी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । नेपाल आइडलको युट्युब च्यानलमार्फत बिहीबार राति बुद्धको अफिसियल म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

‘सानी नरिसाउ न, मलाई फकाउन आउदैन’ भन्दै बुद्ध लामा म्युजिक भिडियोमा छमछमी नाँचेका छन् । उनलाई मोडल विनिताले साथ दिएकी छिन् ।

गीतमा शब्द तथा संगीत आशुसेन लामाको छ । त्यस्तै फनिन्द्र राईको एरेञ्ज रहेको छ । कोरियोग्राफर सञ्जय लामाले गरेको म्युजिक भिडियोलाई मनोजराज अधिकारीले निर्देशन गरेका हुन् ।

यसअघि बुद्धले ‘तिमी साथ भएपछि’ बोलको गजल गीत गाएका थिए ।