बक्स अफिस औपचारिक रुपमा सुरुवात


सेलिब्रेटी नेपाल काठमाडौँ

नेपाल चलचित्र बिकास बोर्डले फाल्गुन ७ देखि लागु हुनेगरी बक्स अफिस प्रणाली इ टिकेटिङ शुरु गरिएको छ । मंगलबार राजधानीमा बोर्डले पत्रकार सम्मेलनको आयोजना गरी बक्स अफिस प्रणालीबारे बृहत जानकारी दिएको छ । सुचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेतको प्रमूख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोर्ड अध्यक्ष, निकिता पौडेल, बक्स अफिस कार्यन्वयन समिति संयोजक नरेन्द्र महर्जन, सदस्यहरु प्रदीप कुमार उदय, आकाश अधिकारी उपस्थीत भएका थिए ।

बक्स अफिस सिष्टम बोर्ड मातहतमा रहने छ । जसको संचालन सुबिसु नेटर्वकको सहकार्यमा डाटाहवले गर्नेछ । यस्तै उपत्यका बाहिर संचालनमा रहेका सिनेमा हलहरुमा सुबिसुले निशुल्क इन्टरनेट सेवा प्रदान गर्ने पत्रकार सम्मेलनमाझ बताइएको छ ।

बक्स अफिस प्रणाली आफ्नै कार्यकालमा सम्पन्न भएकोमा सुचना तथा संचार मन्त्री बस्नेत खुसी छन् । चलचित्रकर्मी, चलचित्र क्षेत्रसंग अवद्ध रहेका मानिसहशरुलाई प्रतक्ष्या वा अप्रत्यक्ष बक्स अफिस प्रणालीले फाइदा पुग्नेछ भन्ने मन्त्री बस्नेतले आश राखेका छन् । चलचित्र क्षेत्रलाई उद्योगको रुपमा स्थापित गर्न चाँडै नै दोलखामा फिल्म सिटी निर्माण कार्य थाल्ने पनि मन्त्री बस्नेतले बताएका छन् ।

बक्स अफिस प्रणाली पूर्ण रुपमा लागु भएपछि चलचित्रका निर्माताहरुलाई मात्र हैन सिनेमा हल संचालक, वितरकहरुलाई समेत फाइदा पुग्ने बोर्ड अधयक्ष पौडेलको तर्क छ । आर्थिक पारदर्शिता हुने भएका कारण चलचित्रको व्यवसायसंग जोडिएका हरेक पक्षलाई आर्थिकरुपमा उपलब्धी हुनेछ ।

बक्स अफिस प्रणालीद्धारा प्राप्त हुने आर्थिक रिपोर्ट चलचित्रका निर्माता, हल संचालक र वितरकले मात्रै हेर्न पाउनेछन् बक्स अफिस कार्यन्वयन समिति संयोजक नरेन्द्र महर्जनले सुनाए ।