बक्स अफिस इ टिकेटिङ सिष्टम परिक्षण ! कहिले बाट हुन्छ सुरु ?


सेलिब्रेटी नेपाल काठमाडौँ

उपत्यकामा संचालिच सिंगल थिएटरहरुमा बर्ष ०७५ सालको शुरुवातसंगै बक्स अफिस प्रणाली इ टिकेटिङ सिष्टम लागु हुने भएको छ । मल्टिप्लेक्स सिनेमा घरहरुमा संचालित इ टिकेटिङ सिष्टमलाई पनि चलचित्र विकास बोर्डले आफ्नो डाटाहवमा जोड्दैछ । त्यसका लागि प्रविधी अपडेटका लागि ब्रेन डिजिटले काम गरी रहेको छ ।

चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेलद्धारा बैशाखको पहिलो साता देखि बक्स अफिस लागु गर्ने पूर्वघोषित कार्यक्रम अनुरुप बैशाख १० गतेदेखि औपचारिक रुपमा शुरु गरिने भएको छ । जस अनुरुप चावहिल स्थीत गोपीकृष्ण मुभिजमा यसको पहिलो परिक्षण सम्पन्न भएको छ । गोपीकृष्ण संगै पुष्पाञ्जली, सिदार्थ र पृथ्वीसंगै कलंकी सिनेमा हलमा बैशाख १० गते देखि नै बक्स अफिस प्रणाली शुरु हुनेछ । जसका लागि ब्रेन डिजिटले सर्भर जडानको काम गरी रहेको छ ।

केही हल संचालकहरुले बक्स अफिस प्रणाली व्यवहारिकता नभएको भन्दै अदालत सम्म जाने कुराहरु आइरहेका छन् । तर, अध्यक्ष पौडेल भन्छिन् त्यो उहाँहरुले नबुझ्नु भएको कुरा हो जस्तो लाग्छ । राज्यलाई तिर्नु पर्ने करमा हल संचालक, निर्माता, निर्देशक तथा कलाकार सबै पारदर्शी हुनु पर्नेछ । तसर्थ कुनै पनि हालतमा श्रावण देखि बक्स अफिस प्रणाली लागु हुनेछ । तर, त्यस्ता भ्रममा नपर्न अध्यक्ष पौडेलले सुझाइन् ।