बुगी वुगी स्टेजमा दिलीपले आगो लगाउने प्रियंका कार्की रुने (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

एपी वान टेलिभिजनले संचालन गरि रहेको रियालिटी शो ‘बुगी वुगी’को निर्णायक हरुमा अभिनेता दिलिप रायमाझी,अभिनेत्री प्रियंका कार्की र कोरियोग्राफर कविराज गहतराज रहेका छन् । उत्कृस्ट डान्सर छान्ने प्रतियोगिता अब टप टेन राउण्डमा पुगेको छ । नेपाल आइडल जस्तो सफल फ्रेन्च आइज शो संचालन गरि सकेको टेलिभिजनले संचालन गरिरहेको डान्स रियालिटी शो ‘बुगी वुगी’ पनि फ्रेन्च आइज शो नै हो । उक्त रियालिटी शो ‘बुगी वुगी’ले पहिलो पटक मिडिया संग अन्तरक्रिया गरेको छ । कार्यक्रमका निर्देशक एलिन श्रेष्ठले बुगी वुगिले नेपालमा डान्सको सम्भावना अझै बढाउने बिश्वाश गरे । यस्तो रियालिटी शोले प्रतिभा भएका हरु लाइ अझै प्रोत्साहन हुने बताए ।