‘टोइलेटः एक प्रेमकथा’ बाहुबली पछिको सफल फिल्म


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

अहिलेसम्मको बक्स अफिस र सुपरस्टारको अवस्था हेर्दा बलिउडका लागि सन् २०१७ अफाप रह्यो । ‘बाहुबली’ लाई छाडेर कुनै चलचित्र चल्न सकेनन् । सलमान खान, शाहरुख खान पनि यो क्रममा टिक्न सकेनन् । तर बलिउडका खेलाडी कुमार अक्षयको कुरा गर्ने हो भने उनको चलचित्र ‘टोइलेटः एक प्रेम कथा’ ले दुई दिनमा आफ्नो बजेट उकास्यो । अब भने चलचित्रले नाफा कमाउने छ ।

एकपछि अर्का सुपरस्टार फ्लप भइरहेका बेला अक्षय कुमारको चलचित्रले बक्स अफिसलाई केही राहत दिएको छ । चलचित्रले तीन दिनमा ४५ करोडको कमाइ गरेको छ । चलचित्रले तीन दिनमा सय प्रतिशतभन्दा बढी नाफा कमाइसकेको छ ।

चलचित्रको कमाइ अझै बढ्न सक्ने अनुमान गरिएको छ । चलचित्रले पहिलो हप्तामै ७५–८० करोडको आँकडा पुर्याउने अनुमान गरिएको छ ।