सुनिल ग्रोवरलाई सन्नी लियोनको साथ


सेलिब्रेटी नेपाल काठमाडौँ

‘द कपिल शर्मा शो’बाट अलग भएको खबर आइरहेकै बेला कमेडियन सुनिल ग्रोवर एकपटक फेरि टेलिभिजन कार्यक्रममा देखा पर्ने भएका छन् । यो कुरा सुनिल आफैले ट्विट गर्दै जानकारी दिएका हुन् ।

आफ्नो ट्विटर अकाउन्टमा एउटा भिडियो सार्वजनिक गर्दै उनले आफु आइपिएल सिजन १० मा प्रत्यक्ष कमेन्ट्रि गर्ने बताएका छन् । १३ अप्रिलको दिन गरिने प्रत्यक्ष प्रसारणमा उनीसंगै बलिउडकी वेबी डल अर्थात् सन्नी लियोनले पनि कमेन्ट्री गर्ने भएकी छिन्।

१३ अप्रिलमा शाहरुख खानको टिम कोलकत्ता र प्रिति जिन्टाको टिम पंन्जाबको विच पहिलो खेल हुने छ ।