‘स्टुडेण्ड अफ दि एयर २’ दर्शकको चित्त बुझेन

सेलिब्रेटी नेपाल

एजेन्सी: बलिउडका चर्चीत फिल्म निर्माता हुन् करण जोहर । उनको फिल्म ‘स्टुडेण्ड अफ दि एयर २’ ले बक्स अफिसमा धमाकेदार कमाइ गर्ने अपेक्षा लिइएको थियो । फिल्मले बक्स अफिसमा खासै गतिलो कमाइ गर्न सकेन । फिल्मको रिभ्यु पनि खासै राम्रो नआएपछि फिल्मको कमाइमा ओरालो लागेको बताइएको छ ।
फिल्मले पहिलो दिन १२ करोडको कमाइ गर्न सफल भएको थियो । यो फिल्म पनि कलंक झै फ्लप हुने समिक्षकहरुले बताएका छन् । फिल्म हेरिसकेपछि फ्यानहरुले झुर फिल्मको संज्ञा दिएका छन् । उनीहरुले करन जोहरलाई गाली समेत गरेका छन् ।

 

सूचना बिभाग दर्ता नम्बर ५३७ - २०७३ / ०७४ सेलिब्रिटी नेपाल डट कम का लागी, संचालक/प्रकाशक : कल्पना सापकोटा, सम्पादक : आनन्द अधिकारी, सम्बाददाता : रघुनाथ सापकोटा, सम्पर्क : ९८५१०७१८७३