शाहरुख र अक्षयको टिम अप किन भएन ?


सेलिब्रेटी नेपाल

एजेन्सी:शाहरुख खान फिल्म ‘जीरो’ असफल भए पछि केहि निराश देखिएका छन् । उनले फिल्म ‘सारे जहां से अच्छा’ बाट आफ्नो हात झिकेका छन्। शाहरुखले अक्षय कुमार संग काम गर्ने भनेको फिल्म बाट हात झिक्नुको बारेमा आफ्नो राय ब्यक्त गरेका छन् । उनले भनेकाछन् ‘म अक्षय संग काम गर्न एक दम खुसि छु उ संग काम गर्न पाउनु मेरो लागि राम्रो कुरा हो तर अब हाम्रो टिम अप सम्भब छैन । हामी बीच समयको अलिक समस्या छ,संगै काम गर्ने समय मिलाउन सकिन्न’। हाल शाहरुख खान धेरै व्यस्त छन् उनि संग सुत्ने समय पनि हुन्न राता भर पनि काममा व्यस्त हुने गर्दछन् ।

शाहरुखले हालै मात्र फिल्ममेकर मधुर भंडारकर संग एक फिल्मको लागि भेट घाट गरेका थिए । भंडारकरले बनाउन लागेको फिल्म एक माफिया र एक इमान्दार पुलिसको कथामा बन्न लागेको बताईएको छ । शाहरुख संजय लीला भंसाली सन् एक फिल्ममा काम गर्ने वाला छन् तर त्यो कुन फिल्म हो र कहिले हुने केहि सार्बजनिक गरिएको छैन ।