सलमानकी नयाँ एक जोडी हिरोइन


बलिउडमा नयाँ नयाँ हिरोइन भित्राउन खप्पिस नायकका रूपमा चिनिन्छन्- सलमान खान । उनैले भित्राएका कटि्रना कैफदेखि सोनाक्षी सिंहसम्मको अहिले बलिउडमा राज चलेको छ । यसै क्रममा उनी आफ्नो पछिल्लो फिल्म ‘मेन्टल’बाट सना खान र डिजी शाहलाई पनि स्थापित गराउन लागिपरेका छन् । यी साउथ नायिकाहरूमध्ये डिजीसँग सलमानको घनिष्टता निकै बढेको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।