शाहरुख खान र काजोल सर्वाधिक रोमान्टिक जोडी


सेलीब्रेटी नेपाल फागुन ४ गते-बलिउड सुपरस्टार शाहरुख खान र अभिनेत्री काजोल बलिउड स्क्रीनका सर्वकालीन सर्वाधिक रोमान्टिक जोडी चुनिएका छन् । शाहरुख–काजोललाई फिल्म ‘दिलवाले दुल्हनिया लेजाएंगे र ‘कुछ कुछ होता हे’ फिल्मका आधारमा बलिउडको सर्वाधिक रोमान्टिक स्क्रीन जोडी चुनिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।ब्रिटेनको एक इन्डियन अनलाईन फिल्म पोर्टलले गरेको सर्वेक्षणमा काजोल–शाहरुख सर्वकालीन उत्कृष्ट ठहरिएका हुन् । उक्त पोर्टलले बलिउडका विभिन्न समयका अनस्क्रीन हिट जोडीहरुबीच यस्तो प्रतियोगिता गरेको हो ।प्रतियोगितमा शाहरुख–काजोलले आफ्नो समयका चर्चित जोडी धर्मेन्द्र–हेमा मालिनी, राजकपुर–नरगिस तथा अमिताभ बच्चन–रेखाको जोडीलाई पछाडि पारेको उल्लेख गरिएको छ ।उक्त पोर्टलले बलिउडको सर्वकालिन उत्कृष्ट अनस्क्रीन बलिउड जोडी चुन्न फेसबुक, ट्वीटर, ईमेल तथा पोर्टल आफ्नैमा भोटिङ जस्ता माध्यम अपनाएको थियो । यस सर्वेक्षणको परिणाम  भ्यालेन्टाईन डेको अवसर पारेर सार्वजनिक गरिएको बताइएको छ ।