रेखाको सिउदोमा सजयको सिन्दुर, बलिउडभर हगांमा


सेलिब्रेटी नेपाल काठमाडौँ
rekha & rekha
पछिल्लो समयमा अभिनेत्री रेखाको जीवनमा आधारित किताब ‘रेखा : दअनटोल्ड स्टोरी’लाई लिएर बलिउडमा हंगामा मच्चिएको छ । यस किताबमा उनको जिन्दगीसँग जोडिएका सम्पूर्ण रहस्यको पर्दा उठेको छ ।

रेखा सँधैजसो आफ्नो सिउँदोमा सिन्दुर लगाएर हिड्छिन्, तर कसको नामको सिन्दुर लगाउँछिन् कसैलाई थाहा छैन। तर, किताबमा लेखिएको छ, ‘जब अमिताभ रेखादेखि टाढा भए र विनोद मेहरासँगको रेखाको वैवाहिक सम्बन्ध पनि समाप्त भयो, तब उनी एक्ली भइन् । त्यस समय संजय दत्त फिल्म ‘जमीन–आसमान’को सुटिङ गर्दै थिइन् । त्यस समय रेखा र संजय दत्त नजिकिएका थिए र दुवै जना एक–अर्कासँग प्रेम गर्न थाले ।’

त्यस्तै अगाडि लेखिएको छ, ‘फिल्म सुटिङ सकिँदा नसकिँदै दुवैले विवाह गरे । दुवै जना घरबाट टाढा, गायब रहे र आ–आफ्नो घरमा केही बताएनन् । तर, जब रेखा र संजय दत्तको विवाहको कुरा सुनिल दत्त(संजयका बुबा)ले थाहा पाए, निक्कै उनी रिसाए । उनले संजय दत्तलाई खोजे र रिचा शर्मासँग विवाह गरिदिए ।’

रेखा संजय दत्तभन्दा ५ बर्ष जेठी छिन् । खबरलाई मान्ने हो भने रेखाले संजय दत्तको नामको सिँदुर आफ्नो सिउँदोमा लगाउँछिन् । यो किताब यासीर उस्मानले लेखेका हुन् ।