रणवीर-दीपिकाको बिबाह समारोह सुरु


सेलिब्रेटी नेपाल

एजेन्सी: बलिउडको लोकप्रिय जोडी रणवीर सिंह र दीपिका पादुकोणको बिबाह सुरु भएको छ । सोमबार उनहरुबीच टीकाटालो भयो । मंगलबार संगीत समारोह भएको छ भने बुध र बिहीबार शाही बिबाह हुनेछ ।

यो जोडी बिबाहका लागि इटाली पुगेको छ । इटालीमा केही सिमित आफन्त तथा साथीहरुबीच यो बिबाह भइरहेको छ । समाचारका अनुसार यो जोडी सोमबारदेखि आधिकारिक रुपमा एकअर्काको भएको छ । परम्परागत प्रचलन कोकणी रितिरिवाजअुसार यो जोडीबीच सोमबार टीकाटालो भएको बताइएको छ । टीकाटालो समारोहलाई भारतीय भाषामा कोकणी फुल मुड्डी भनिन्छ ।

दीपिकाका बाबु प्रकाश पादुकोणले ज्वाई रणवीरलाई नारिवल दिएर आधिकारिक रुपमा स्वागत गरे । यसपछि जोडीले एकअर्कालाई औंठि लगाइदियो । समारोहमा उपस्थित सबैका लागि यो मुभमेन्ट इमोशनल थियो । समाचारका अनुसार यो जोडीले केही दिनपछि बिहेका तस्वीर सार्वजनिक गर्नेछन् ।