रणवीर कैट्रिना रोमान्स चल्न थाल्यो


बलिउड अभिनेत्री कैट्रिना कैफको रोमान्स अब अभिनेता रणवीर कपुरसँग चल्ने भएको छ । कैट्रिनाको वास्तविक जीवनमै रणवीरसँग रोमान्स चल्न लागेको भने होइन । यी दुवैको रोमान्स चलचित्रको पर्दामा चल्ने भएको हो । ‘राजनीति’ र ‘अजब प्रेमकी गजब कहानी’ चलचित्रमा प्रेमीप्रेमिकाका रूपमा देखिएका यी जोडीका प्रेमप्रसंग समेटिएका यी दुवै चलचित्र व्यावसायिक हिसाबले सफल पनि मानिएको छ । लगातार दुई व्यावसायिक चलचित्र दिए पनि त्यसपछिका समय भने यो जोडी कुनै चलचित्रमा एकसाथ अभिनयमा देखिएन ।
पछिल्लो समय अलगअलग चलचित्रमा अभिनय गर्दै आएका यी दुवैलाई जोडीका रूपमा फेरि एकपटक रोमान्स गराउने आँट निर्माता इम्तियानले गर्न लागेका हुन् । उनले आफैँले निर्माण गर्न लागेको आगामी चलचित्रमा यी दुवैलाई अभिनय गराउने भएका छन् । इम्तिहानको चलचित्रमा पनि यो जोडी प्रेमीप्रेमिकाका रूपमा देखापर्दै छ । चलचित्रमा जोडीका रूपमा अभिनय गर्न सहमति पनि जनाइसकेका छन् । पछिल्लो समय पर्दा बाहिर पनि यी दुवैको प्रेमप्रसंगले चर्चा पाइरहेको छ तर दुवैले प्रेमप्रंसगलाई अफबाहको संज्ञा दिँदै आएका छन् ।