१० वर्ष पछि प्रियंका र अजय संगै


(सेलिब्रेटि नेपाल) मुम्बई
चलचित्रमा सीक्वलको क्रम यति बेला एकदम बढी रहेको छ । नेपालीमा मात्र नभएर बोलिउड देखि हलिउड सम्मका धेरै चलचित्रहरुले आफ्नो सीक्वल बनाइ सकेका छन् । यसै क्रममा अर्को एउटा बलिउड चलचित्रको सीक्वल बन्ने भएको छ । २००३ मा रिलिज भएको चलचित्र ‘गंगाजल’को सीक्वल बन्ने पक्का भएको छ ।
Ajay-and-Priyanka
भारतका केहि चर्चित घटनालाई आधार बनाएर निर्माण हुन लागेको चलचित्रमा भारतमै घटेको एउटा सत्य घटनालाई स्क्रिप्टमा उतारिएको छ । प्रकाश झाको निर्देशनमा बन्न लागेको चलचित्रमा प्रियंका चोपड़ा र अजय देबगनको मुख्य भूमिका रहने भएको छ । १० वर्ष पछि पुन चलचित्रमा एक साथ देखा पर्न लागेका यो जोडीले यस अघि ‘ब्ल्याकमेल’मा संगै काम गरेका थिए । चलचित्रलाई प्रियंका र अजयले मिलेर निर्माण गर्न लागेका हुन् । उक्त चलचित्रमा प्रियंका भने पुलिस अफिसर बन्ने भएकी छिन् ।