‘निर्जला’ पहिलो गीत भाले मोटर सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

राजु गिरि निर्देशित चलचित्र ‘निर्जला’ को पहिलो गीत सार्बजनिक गरिएको छ राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्बजनिक गरिएको हो सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार किशोर खतिवडा, शुभेच्छा थापा र निक शर्मालाई फिचर्ड गरिएको छ । चलचित्रको प्रस्तुतकर्ता प्रकाश चन्द्र न्यौपाने हुन् । निर्जलामा कार्यकारी निर्माताको रुपमा शुभेच्छा थापा रहेकी छिन् । चलचित्रमा बाबुल गिरीको संगीत, बाबुल गिरी, दिनेश सुवेदी र राम रुवालीको शब्द रहेको छ ।

सोझी गाउँले युवतीको सोच, सपना र संघर्षको कथामा निर्माण भएको चलचित्रमा लभ, कमेडी र एक्सन समावेश गरिएको छ । ‘निर्जला’मा शुभेच्छा थापाको कथा, रवि कोइरालाको छायांकन, अशोक खड्काको द्धन्द्ध, कमल राई, क्रान्ति केसीको नृत्य र तारा थापा किम्भेको सम्पादन रहेको छ ।

चलचित्रमा किशोर खतिवडा, शुभेच्छा थापा र निम शर्माका अलवा श्याम राई, पल्पसा डंगोल, रश्मी भट्ट, राजकुमार थापा, राजेन्द्र गिरी, भीम खनाल, वाले तामाङ, अन्जली घिसिङ प्रेम पौडेल, बालकलाकार सागर गिरी लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र असोज १९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ ।