‘बाहुबली’ को रेकर्ड तोड्दै महेशबाबुको फिल्म


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

सुपरस्टार महेश बाबुको फिल्म ‘भारत एएन नेनु’ले रिलिजको पहिलो हप्तामा केही रेकर्ड तोडेको छ । फिल्म रिलिज भएको दुई हप्ता भएको छ । पहिलो हप्तामा फिल्मले राम्रो कलेक्शन गरिरहेको छ । फिल्मले भारतमा मात्रै होइन अन्य देशमा पनि राम्रो व्यापार गरिरहेको बताइएको छ ।

यो फिल्मले १२ दिनमा १९२.७४ करोड कमाएको छ । फिल्मले अमेरिका पनि ३५ लाख डलर कमाएको छ । फिल्मले दुई हप्तामा २०० करोडको आँकडा पार गरेर फिल्म ‘बाहुबली’ पछिको सबैभन्दा ठूलो फिल्म बनेको छ । फिल्ममा महेश बाबु आन्ध्र प्रदेशको मुख्यमन्त्रीको भूमिका निभाएका छन् । फिल्मले अमेरिकामा ‘फ्रेन्चाइजी’लाई पछि पार्दै सबैभन्दा छिटो २५ लाख रुपैंया कमाउने फिल्म बनेको छ । यो फिल्म संसारभरका ४५ देशमा रिलिज भएको छ । यो भन्दा महेश बाबू फिल्म ‘श्रीमन्थुदु’ संसारभरबाट २ अर्ब रुपैंयाँ कमाएको थियो । यो फिल्म तेस्रो तेलुगू फिल्म बनेको थियो ।