करिना कपुर गर्भवती


Kareena-kapoor
नारी हरु बिबाह पश्चात गर्भवती हुनु स्वभाबिक नै हो तर सेलिब्रेटीको बारेमा धेरैलाई चासो हुने गर्दछ। अघिल्लो वर्ष सैफअलि खानसँग विवाह गरेकी बलिउड अभिनेत्री करिना कपुर गर्भवती भएकी छिन्। उनको फोटो हेर्दा पेटमा बच्चा भएको प्रष्ट अनुमान लगाउन गाह्रै पर्दैन। चर्चित बलिउड नायिका करिना कपुर आगामी फिल्म ‘गोरी तेरा प्यारा मे’ को सुटिङ सेटमा अलग हिसाबले देखापरिन। फिल्मको सेटमा करिनाको गतिविधि गर्भवती महिलाको जस्तो देखिएको थियो । सैफ अली खानसँग बिहे गरेदेखि करिनालाई लिएर गर्भको कुरा बजारमा आइरहेको बेला उनले हरकत पनि त्यस्तै देखिएपछि बलिउडमा हंगामै भयो ।सुटिङ सेटमा पिंक ड्रेसमा देखिएकी उनको पेट गर्भवति महिलाको जस्तो केही बाहिर आए जस्तो देखिएको भारतिय सञ्चारमाध्यमले जनाएका छन्। समाचारमा जनाएअनुसार फिल्मको एक दृश्यका लागि करिनाले इमरान खानका साथ सट दिनु थियो ।

करिनाले गर्भवतीको भूमिका सकेसम्म सजीव ढंगबाट निभाउने प्रयास गरेको बताएकी छिन्। ‘यस्तो चरित्र निर्वाह गर्दा निकै फरक र रमाइलो महसुस भइरहेको छु,’ उनले मिडियासँग भनेकी छिन्, ‘साथै पात्रलाई जीवन्त बनाउन हरसम्भव प्रयास गरिरहेको छु।’ उनले यही चलचित्रको लागि आफ्नो वजन केही घटाएकी थिइन् । चलचित्रमा उनले इमरान खानसँग रोमान्स गरिरहेकी छिन्। ‘गोरी तेरे प्यार मेरे’लाई पुनीत मल्होत्राले निर्देशन गरिरहेका छन् । पुनीतले यसभन्दा अगाडि ‘आइ हेट लभस्टोरी’मार्फत प्रेमको पाठ पढाएका थिए।