कंगना रणावतले आफ्नै बायोपिक निर्माण गर्ने


सेलिब्रेटी नेपाल

एजेन्सी: बलिउड अभिनेत्री कंगना रणावतले आफ्नै बायोपिक निर्माण गर्ने भएकी छिन् । केही न केही विवादमा आइरहने कंगनाले आफ्नो बायोपिक निर्माण गर्ने भएकी हुन् । कहिले ऋतिक रोशनसँगको सम्बन्धका कारण चर्चामा आएकी उनी कहिले करन जोहरसँग पनि विवादमा परिन् ।

उनले बनाउने फिल्ममा ऋतिक र करनको पात्र पनि राख्ने बताइएको छ । मनिकर्निका फिल्मबाट चर्चाको शिखरमा रहेकी यी अभिनेत्रीले गरेको यो घोषणाले बलिउडमा ठुलै हलचल ल्याउने सम्भावना छ । यसबारे ऋतिक, करनले कुनै पनि प्रतिक्रिया दिएका छैनन् ।