फिल्म स्टार कमल हसन राजनीतिमा प्रवेश


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

भारतीय फिल्म स्टार कमल हसन राजनीतिमा आउने तयारी गरेका छन् । झण्डै आधा शताब्दीदेखि फिल्म क्षेत्रमा सक्रिय हसनले झण्डै २०० ओटा फिल्ममा काम गरेका छन् । फिल्म सेन्सरसिपको झमेलामा परेका ६३ बर्षीय हसनले हालै आफ्नो नयाँ राजनीतिक पार्टी गठन गरेका छन् । उनले सो पार्टी मार्फत् कलाकारहरूको अधिकार र स्वतन्त्रताका लागि लड्ने योजना पनि बनाएका छन् ।

हसनले ‘मक्का निधी मैम’ नामक पार्टी गत फेब्रुअरीमा गठन गरेका थिए । तमिलनाडुलाई आधार बनाएर बनाइएको पार्टीलाई स्थानीय भाषामा जनताको न्याय केन्द्र भनिएको छ । यो पार्टीले आगामी आम निर्वाचनमा पहिलो पटक भाग लिने बताइएको छ । सन् २०१९ मा हुने निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीले पनि दोस्रो कार्यकालका लागि प्रधानमन्त्री हुनेगरी प्रतिस्पर्धा गर्नै भएका छन् ।
हसनले आफ्नो पार्टी वाकस्वतन्त्रताका लागि लड्नुका साथै धार्मिक विविधताको राष्ट्रिय विषेशताको रक्षाका लागि क्रियाशिल रहेको बताएका छन् । हसनले भारतका तमिल, तेलुगु, मालायालाम र हिन्दी भाषाका धेरै फिल्महरु उत्पादन गर्ने, निर्देशन गर्ने र गित गाउने गरेका छन् ।