हिरानीले बनाउने भए ‘थ्री इडियट्स’काे सिक्वेल


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

सन् २००९ मा रिलिज भएकाे फिल्म ‘थ्री इडियट्स’ सर्बाधिक सफल फिल्म हो । अामिर खानका फ्यानमात्र हाेइन थुप्रै दर्शक यो फिल्मका फ्यान बने । बलिउडकाे एउटा उत्कृष्ट र स्मरणीय फिल्मकाे रूपमा ‘थ्री इडियट्स’ स्थापित भएको छ । याे फिल्मकाे पनि सिक्वेल बन्ने भएकाे छ । यसका निर्देशक राजकुमार हिरानीकाे नयाँ फिल्म ‘सञ्जु’ अागामी शुक्रबार रिलिज हुँदैछ । ‘सञ्जु’कै प्रमाेसन कार्यक्रममा हिरानीले याे खबर बाहिर ल्याएका हुन् । निर्देशक म्हिरानिका अनुसार लेखक अभिजात जाेशीले केही दिनदेखि यसकाे कथा लेख्न पनि थालेका छन् ।

‘थ्री इडियट्स’भन्दा पहिले हिरानी सञ्जय दत्तलार्इ लिएर ‘मुन्ना भार्इ ३’ बनाउँदैछन् । ‘सञ्जु’काे रिलिज सकिने बित्तिकै ‘मुन्नाभार्इ ३’काे सुटिङ थाल्ने याेजना हिरानीकाे छ । त्यसपछि बल्ल उनी ‘थ्री इडियट्स’काे काममा लाग्नेछन् ।

चेतन भगतकाे ‘फाइभ प्वाइन्ट समवान’ उपन्यासबाट प्रभावित भनिएकाे ‘थ्री इडियट्स’काे पटकथा अभिजात जाेशीले लेखेका थिए । बलिउडमा दुर्इ सय कराेड क्लबकाे रेकर्ड बनाउने याे पहिलाे फिल्म हाे । यसले चीन र जापानमा समेत उत्साहजनक व्यापार गरेकाे थियाे ।यसकाे तमिलमा ‘नानबान’ र मेक्सिकाेमा ‘थ्री इडियाेटास’ नाममा रिमेक भइसकेकाे छ ।