ट्वाइलेट फिल्मले निम्त्यायो संकट ज्यान लिने धम्की, १२ मुद्दा दर्ता


सेलेब्रिटी नेपाल एजेन्सीको सहयोगमा
फिल्मलाई लिएर तमिलनाडुकी एक अभिनेत्री दिव्या भारतीलाई अहिले प्रत्येक दिन फोनबाट धम्की आउने गरेका छन्। उनलाई बलात्कार, एसिड आक्रमण, ज्यान लिने जस्ता धम्की आएका छन्। उनीमाथि जातिय तथा सामुदायिक हिंसा भड्काउने प्रयास गरेको आरोप लागेको छ।
उनले एक डकुमेन्ट्री फिल्म र यूट्युब भिडियो निर्माण गरेकी छिन्। उनले तमिल भाषामा बनाएको डकुमेन्ट्री फिल्मको नाम हो, काक्कूस, अर्थात ट्वाइलेट ।

फिल्मको कथा बारे भारती भन्छिन्, जुन फोहोर हामीले देख्न पनि चाहदैन् त्यही फोहोर देशका करीब ८ लाख मानिसले प्रत्येक दिन हाम्रा लागि आफ्नो हातले सफा गरिरहेका छन्। त्यही फोहोर जीवनका कारण उसको पुरा जीवन सकिन्छ र उसको मृत्यु हुन्छ। २०१३ मा त्यहाँको अदालतले दिएको आदेश अनुसार देशमा खाली हातले फोहोर सफा गर्न प्रतिबन्ध लगाइएको छ। यदी कसैले यसो गराएमा ५ वर्षको जेल सजाय तोकिएको छ। तर कानुनको विरोधी कुरा फिल्ममा देखाइएपछि दिब्यामाथि थुप्रै धम्की आएका हुन्।