आमिर खानले ‘ठग्स अफ हिन्दोस्तान’ हेर्ने दर्शकसँग मागे माफी


सेलिब्रेटी नेपाल

एजेन्सी : फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ बक्स अफिसमा असफल भयो । फिल्मबाट जे आशा गरिएको थियो त्यसको उल्टो नतिजा आयो । अमिताभ बच्चन, आमिर खान जस्ता हस्ती अभिनेताले पनि फिल्मलाई हिट बनाउन सकेनन् । दर्शकको अपेक्षाअनुसारको नतिजा दिन नसकेपछि दुखी आमिर खानले फिल्म हेर्ने दर्शकहरुसँग माफी मागेका छन् ।

आमिरले भने ‘म ठग्स अफ हिन्दोस्तानको साथमा जनताको अपेक्षा अनुसार सही बन्न सकिन । यसको पूरा जिम्मेवारी म लिन्छु । मलाई लाग्छ कि हामीबाट गल्ती भयो । हामीले पूरा कोसिस गर्यौं तर शायद हामी कहीँ न कहीँ चुक्यौं । केही दर्शक छन् जसलाई फिल्म मन परेको छ तर यस्ता दर्शकको संख्या निकै कम छ ।’

आमिरले अगाडि भने ‘जो दर्शक मेरो फिल्म हेर्न आएका थिए म उनीहरुसँग माफी माग्छु कि म उनीहरुलाई उति मनोरञ्जन दिन सकिन । मैले कोसिस भने पूरा गरेको थिएँ । दर्शक ठूलो अपेक्षासहित मेरो फिल्म हेर्न गए र उनीहरुलाई फिल्म राम्रो लागेन यसले मलाई निकै नराम्रो महसुस भएको छ । म मेरा फिल्मको निकै नजिक रहन्छु । मेरा फिल्म मेरा सन्तानजस्तै हुन् ।’