अक्षय कुमार बलिउडमा सबै भन्दा धेरै कमाउने नायक


बलिउडका नायक  अक्षय कुमारले नयाँ रेकर्ड कायम गरेका छन् । अक्षयले आजसम्म अभिनय गरेको सिनेमाले सबैभन्दा धेरै कमाएको छ ।उनले अभिनय गरेका सिनेमाले २ हजार करोड कमाएको छ । यो बलिउडमा एक नायकले अभिनय गरेको सिनेमाले कमाएको सबैभन्दा ठूलो रकम हो । अक्षयले ट्विटर मार्फत आफ्ना सबै फ्यानहरुलाई विशेष धन्यवाद दिएका छन् । उनले सलमान र शाहरुखलाई पनि पछाडि पार्दै यो रेकर्ड राखेका हुन् । पछिल्लो ३ वर्षमा निकै हिट फिल्महरु दिएका अक्षयले दुई दशकमा बलिउडमा सबैभन्दा धेरै फिल्ममा अभिनय गरेका छन् ।अक्षय कुमार भारतका एक मात्र यस्ता नायक हुन् जसले ३ बर्षमा लगातार ४-४ वटा हिट सिनेमा दिएका छन् । उनको पछिल्ला सफल चलचित्रहरुमा राउडी राठौंर, हाउसफुल, हाउसफुल २, सिंह इज किंग, नमस्ते लण्डन, हमको दिवाना कर गए, ऐतराज, ओ माइ गड, खिलाडी ७८६ लगायतका छन् ।