अजित ‘रेसर’बाट साउथ सुपरस्टार


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा
साउथ इंडियन सुपरस्टार अजित कुमार अभिनित फिल्म ‘विवेगम’ यो हप्ता बाट सार्बजनिक प्रदर्शनमा आएको छ । फिल्म हेर्न दर्शकको ब्यग्र प्रतिक्षा रहेको थियो । अजित कुमार साउथका ठूला सुपरस्टार हुन् । उनको चलचित्र बक्स अफिसमा रिलिज हुने बित्तिकै ‘हिट’ हुन्छ । साउथमा रजनीकान्त, कमल हसन, महेश बाबु, रवि तेजा,जुनियर एनटीआरजस्ता कयौँ सुपरस्टार छन् तर अजित कुमारको आफ्नै स्टारडम रहेको छ ।

मात्र अभिनयका कारणले उनी दर्शकका बीचमा प्रसिद्ध होइनन् । उनले गर्ने गरेका कामबाट पनि उनका प्रसंशक धेरै छन् । कमैलाई मात्र थाहा छ, उनी आफ्ना कर्मचारी र आवश्यकता पर्दा जोसुकैलाई पनि सहयोग गर्ने गर्छन् । उनको यही बानीले अरू अभिनेताभन्दा फरक पहिचान बनाउन सकेका छन् । अजित कुमारले जग्गा किनेर घर बनाइदिने मात्र होइन पैसा दिएर पनि सहयोग गर्ने गरेका छन् । उनी प्रायः नै यस्तो काम गर्ने गर्छन् ।

अजित कुमारले आफ्नो फिल्मी करियर सन् १९९० मा आएको एउटा तमिल फिल्ममा सानो भूमिकाबाट सुरु गरेका थिए । उनी अभिनेतासँगै रेसर पनि हुन् । सन् २००४ मा उनले ‘ब्रिटिश फम्र्युला सिजन–३’ मा ‘फम्र्युला–२’ रेसरका रूपमा सहभागी भएका थिए र तेस्रो स्थान पनि हासिल गरेका थिए । यस्तै एउटा रेसका क्रममा उनी बाँचेका थिए । त्यसपछि उनले आफ्नो सुरक्षामा थप ध्यान दिन थाले ।

अजित कुमार साउथ इंडियन फिल्म इंडस्ट्रीका सुपरस्टारमा गनिन्छन् । मौजुदा आँकडाअनुसार उनले प्रति चलचित्र १६ करोड पारिश्रमिक मात्र लिन्छन् । कोही गडफादर बिनै आफ्नो सफलताको इतिहास लेख्ने यिनको प्रस्तुति पनि साँच्चिकै प्रसंसनीय छ ।