अजय देवगन र सोनाक्षी सिन्हा सबैभन्दा खराब कलाकार घोषित



बलिउड अभिनेत्री सोनाक्षी सिन्हा र अभिनेता अजय देवगन सबैभन्दा खराब कलाकार घोषित भएका छन् । शनिबार पाचौँ गोल्डन केला अवार्डमा यो जोडीलाई खराब कलाकारको सम्मान मिलेको हो । शीरीष कुंदरको फिल्म जोकरलाई सबैभन्दा खराब फिल्मको सम्मान मिलेको थियो ।
अजय देवगनलाई सन अफ सरदार र बोल बच्चन फिल्मको लागि खराब अभिनेता छानिएका हुन् । त्यस्तै सोनाक्षीले अभिनय गरेको दबंग, राउडी राठोरको लागि खराब अभिनेत्रीको सम्मान दिइएको हो । समारोहमा सबैभन्दा खराब फिल्मको सिक्वल अवार्ड पनि दबंग २ ले नै पाएको थियो ।