२२ घन्टासम्म कपडा नलगाई नाङ्गै



निर्माणको घोषणादेखि नै बलिउडमा फिल्म ‘कामसुत्र थ्रीडी’ र यसकी नायिका शर्लिन चोपडा अत्यधिक चर्चामा छन् । सुटिङ सुरुवातताका खिचिएका शर्लिनका नग्न तस्बिरहरू इन्टरनेटभर छाएपछि चर्चा झनै चुलियो । त्यतिसम्म त ठीकै थियो, पछि शर्लिनले बिनाअनुमति फिल्मको प्रोमो -आफ्नो नग्न भिडियो) युट्युबमा राखिदिएपछि निर्माता-निर्देशक रूपेश पालले उनलाई फिल्मबाटै निकालिदिए । शर्लिनले फिल्म हातबाट उम्कने मात्र होइन, भविष्यमा समेत आफ्नो बजार खस्कने संकेत देखेपछि माफी मागिन्, रोइकराइ गरिन् । त्यसो त, शर्लिन जसरी सजिलै नांगिने हिरोइन खोज्नु वा अन्य हिरोइनलाई नग्न दृश्यहरू दिनका लागि मनाउनु निर्माता-निर्देशकलाई अर्को टाउको दुखाइ बन्यो । यद्यपि निर्देशक पालले एकजनाको सट्टा आठजना पुरुषका साथ नग्न दृश्य दिनुपर्ने सर्तमा फेरि शर्लिनलाई भित्राए । र, फेरि शर्लिनको हातमा पर्‍यो, ‘कामसूत्र थ्रीडी’ । फर्किएलगत्तै शर्लिनले सञ्चारमाध्यममार्फत आफूले बलिउडमा ‘सेक्स क्रान्ति’ ल्याउन जस्तोसुकै दृश्य पनि दिन अघि सरेको घोषणा गरिन् । फिल्ममा शर्लिनको उत्तेजक आइटम डान्ससमेत छ, जसलाई निर्देशक पालले प्रचारका लागि प्रयोग गरिने र फिल्ममा अन्त्यमा मात्र देखाइने खुलासा गरेका छन् । हरेक घटनासँगै शर्लिन र कामसूत्र थ्रीडी दुवै चर्चामा आइरहे । पछिल्लोपल्ट भने सुटिङस्थलमा शर्लिन २२ घन्टासम्म नाङ्िगएको घटनाले चर्चा पाएको छ । सुटिङका लागि शरीरमा गरिएको पेन्टिङ बिग्रने डरले शर्लिन छायांकन अवधिभर २२ घन्टासम्म कपडा नलगाई नाङ्गै खटिएकी थिइन् । तर यस अवधिमा उनले धेरै चुरोट पिएको सञ्चारमाध्ययले बताएका छन् । फेरि फिल्ममा भित्रिएपछि शर्लिनले कडा मेहेनत मात्र गरेकी छैनन्, निर्माणपक्षको माग अनुसार आफूलाई पस्किरहेकी छन् ।