बोलमाया बाट दर्शकलाइ भाबुक बनाएकी अन्जलिको उत्कृस्ट नृत्य तीज गीत भिडियो सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ

गायिका एलिना खनालको तीज गीत भिडियो सार्बजनिक गरिएको छ । ‘मुख चुच्चो पार’ बोलको गीतमा गायिका एलिनाको साथमा गणेश अधिकारीको पनि स्वर समाबेश गरिएको छ । गणेश अधिकारीको शब्द तथा संगीत रहेको गीतको भिडियोलाइ स्मृति तिमल्सिना गुरुआमाले निर्देशन गरेकी हुन् । सुरेश श्रेष्ठले छायांकन गरेको भिडियोलाइ प्रकाश धमलाले सम्पादन गरेका छन् । भिडियोमा अन्जली अधिकारी र सुजन कोइरालाको साथमा कमेडी कलाकार अर्जुन कुँवरको अभिनय रहेको छ । सुत्र इन्टरटेन्टमेन्टको अफिसियल यु ट्युब मार्फत भिडियो सार्बजनिक गरिएको हो । हिन्दु नारीहरुको महान चाड तीजमा नारीहरुले ब्रत बस्ने र नाचगान गर्ने परम्परा रही आएको छ यसै चाडलाइ समेटेर थुप्रै तीज गीत हरु बन्ने गर्दछन यो गीत रमाइलो र सन्देश मुलक बनाउने प्रयास गरिएको छ । गीत अनुसार भिडियो पनि उत्कृस्ट बनेको छ । बोलमाया गीतमा भाबुक अभिनय गरेर थुप्रै दर्शक श्रोतालाइ रुवाउन सफल भएकी मोडल तथा कलाकार अन्जलिले यस भिडियोमा गज्जबको नृत्य गरेकी छिन । गायिका एलिनाले यस गीत र भिडियोलाइ दर्शकले मन पराउनेमा पूर्ण आशाबादी रहेको सेलिब्रेटी नेपाललाइ बताएकी छिन ।