२५ वर्षे पुरानो बोल बोल पाखाहरु फेरी यशकुमारको ‘छिरिङ’ मा


सेलिब्रेटी नेपाल काठमाडौँ

गायक तथा अभिनेता यशकुमारको निर्देशनमा बनेको चलचित्र ‘छिरिङ’ को पहिलो गीत ‘बोल बोल पाखाहरु’ सार्वजनिक गरिएको छ । २५ वर्ष अघि गायक सुक्मित गुरुङले गाएको गीतलाई चलचित्रमा रिमेक गरी समाबेश गरिएको छ । सुक्मितले गाएको यो गीत चलचित्र ‘झुमा’ मा समावेश गरिएको थियो ।

सार्बजनिक गीतमा सुनिता थेम्मी र विन्दु परियारको स्वर, प्रकाश गुरुङको संगीत र दिनेश अधिकारीको शब्द रहेको छ । गायिका नयाँ गीतमा अपर मुस्ताङको मनोरम दृश्य समेटिएको छ भने बौद्ध धर्मावलम्बीहरुको संस्कार संस्कृति झल्कने शैलीमा प्रस्तुत गरिएको छ । गीतमा नवनायिका कामना भुजेलले फिचरिङ गरेकी छन् ।

चलचित्रमा निमा रुम्बा, यशकुमार र कामना भुजेलले अभिनय गरेका छन् । चलचित्रमा सबीर श्रेष्ठ, यम थापा र यशकुमारको पटकथा, कविराज गहतराज र गोविन्द प्रभातको कोरियोग्राफी, चन्द्र पन्तको द्वन्द्व, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन तथा मानकृष्ण महर्जनको छायांकन रहेको छ । असोज १२ गते बाट सार्बजनिक प्रदर्शनमा आउने चलचित्रमा आइबी दर्नाल, सुनिल प्रधान माथेमा र नविन बुढाथोकीको लगानी रहेको छ ।