‘वीराङ्गना’ पोष्टर सार्वजनिक शिल्पा,अनुप,पृथ्वी संगै जनावर पनि


सेलिब्रेटी नेपाल काठमाडौँ

यही असार २९ मा देशभर रिलिज हुने चलचित्र ‘वीराङ्गना’ को पोष्टर सार्वजनिक गरिएको छ । लभस्टोरी एक्सन ‘वीराङ्गना’ को पोष्टरमा चलचित्रका मुख्य कलाकारहरु अनुप विक्रम शाही, शिल्पा पोखरेल र पृथ्वी राज प्रसाईलाई प्रस्तुत गरिएको छ । पोष्टरमा शिल्पा पोखरेललाई घोडा र बाँदरसँगै एक्शन लुक्समा पनि प्रस्तुत गरिएको छ । चलचित्रको प्रचार सुरुसँगै चलचित्रको गीत, पोष्टर लगायतका प्रचार सामाग्रीहरु सार्वजनिक गरिरहेका छन् ।

एक्शन जनराको नारी प्रदान चलचित्रमा निर्देशक राज बहादुर सानेको निर्देशन, हरिबोल लामाको छायांकन र तारा थापाको सम्पादन रहेको छ । चलचित्रमा बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार, देव तामाङ र विमला भट्ट निर्माता तथा सह निर्माता सुमि चाम्लिङ राई रहेका छन् । चलचित्र ‘वीराङ्गना’ र्फोथ आई मुभिजको ब्यानरमा निर्माण गरिएको हो ।

चलचित्रमा शिल्पा, अनुप र पृथ्वीराजको अलावा धिरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, धुर्ब कोईराला, सुशिल पोखरेल, अंशु थापा, अमृत सापकोटा लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा दिपक शर्माको संगीत, कविराज गहतराजको नृत्य र श्री श्रेष्ठको द्धन्द निर्देशन रहेको छ । चलचित्रको वितरणको जिम्मा काठमाडौंमा बि के फिल्मस्का गोपाल कायस्थ र काठमाडौं बाहिर एफडि कम्पनिले लिएका छन् ।