चलचित्र बिकाश वोर्डमा रिले अनशन जारी



सेलेब्रेटी नेपाल माघ ९ गते -सहमती भएका ९ बुँदे मागहरु कार्यान्वयन गर्न दबाब दिन चलचित्र विकास वोर्डको प्राङ्गणमा गत बिहिबारदेखी रिले अनशनमा उत्रिएका सिनेकर्मीहरुको रिले अनशन अहिले पनि जारी छ । हिजो निर्देशक आकाश अधिकारी, नायक निरज बराल सहित अन्य ४ जना रिले अनशनमा उत्रिएका थिए । दैनिक पालो दिने क्रममा आज भने नायिका निशा अधिकारी, निर्माता कल्याण घिमिरे, हेमन्त बुढाथोकी, विद्या कार्की, पुष्पराज पुरुष र सामना सिटौला रिले अनशनमा उत्रिएका छन् । उनीहरुको रिले अनशन माग पुरा नभएको खण्डमा भोली दिउँसो १२ बजेसम्म जारी रहनेछ । यो अनसन बाट चलचित्र कर्मिको आन्दोलन सफल होला कि नहोला भन्ने बारेमा अहिले बहस चल्न थालेको छ ।