अन्तत बिकास बोर्डका नव नियुक्त अध्यक्ष ‘पप्पु’ ले आफ्नो कार्यभार सम्हाले



सेलीब्रेटी नेपाल माघ २१ गते-सहमतिमा आन्दोलन समाप्त भय पछि आज बाट चलचित्र बिकास बोर्डका नव नियुक्त अध्यक्ष धमेन्द्र मरबैता ‘पप्पु’ ले आफ्नो कार्यभार सम्हालेका छन् । आज चलचित्र बिकास बोर्ड पुगेर उनले आफ्नो काम सम्हालेका हुन् । उनलाई स्वागत गर्नका लागि केही दिन अघि विरोध गर्दै आन्दोलनमा उत्रिएका चलचित्रकर्मी समेत चलचित्र बिकास बोर्ड परिसर पुगेका थिए । उनलाई स्वागत गर्न निर्माता रोज राणा, निर्देशक आकाश अधिकारी, चलचित्रकर्मी मोहन निरौला, चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसी, चलचित्र द्वन्द्व कलाकार संघका अध्यक्ष योगेन्द्र श्रेष्ठ बोर्ड परिसर पुगेका थिए । केसी, श्रेष्ठ र अधिकारी चलचित्रकर्मीको आन्दोलनमा सक्रिय भएर लागेका थिए । तर चलचित्रकर्मीको आन्दोलनमा निर्माता रोज राणाको उपस्थिती थिएन । चलचित्रकर्मीको आन्दोलनको विरोध गर्दै आएका रोज पप्पुलाई स्वागत गर्न उपस्थित हुनुलाई अर्थपुर्ण तबरबाट हेरिएको छ । सरकारसंग भएको ११ बुदे सम्झौता अनुसार आन्दोलन स्थगित हुनुलाई बाहिरी रुपमा जित भनेपनि आन्दोलनरत फिल्मकर्मीहरुले यसलाई हारकै रुपमा लिएका छन् । जस अनुरुप पप्पुलाई आज स्वागत गर्न प्रमुख संस्था कलाकार संघ तथा अगुवाको रुपमा रहेको निर्देशक समाजका प्रतिनिधि देखिएनन् । उता निर्माता संघबाट पनि उपाध्यक्ष आकाश अधिकारीको जर्वजस्त उपस्थितीले के जनाउछ भने अध्यक्ष राजकुमार राई लगायतका अन्य सदस्य पप्पुको बोर्ड आगमनबाट देखावटी रुपमा मात्र खुशी छन।