संगीतकार बिजय सिंह मुनालको निधन


सेलिब्रेटी नेपाल काठमाडौँ

बरिष्ठ संगीतकार बिजय सिंह मुनालको निधन भएको छ । पारिवारिक घुमघामको सिलसिलामामा सहकर्मीहरुका साथ धनगढ़ी पुगेका उनको त्यहि निधन भएको हो । राती खाना खाएर सुतेका उनी बिहान मृत अवस्थामा फेला परेको बताईएको छ । अहिले उहाँलाई धनगढ़ीबाट एम्बुलेन्समा हालेर काठमाडौँ ल्याईदैछ । बिजय सिंह मुनालका ५ दर्जन भन्दा बढी गीत रेडियो नेपालमा रेकर्ड भएका छन्, भने रेडियो बाहिर पनि उत्तिकै गीतहरु रेकर्ड भएका छन् ।
उहाँ उदित नारायण झाको सबै भन्दा मिल्ने साथि थिए । उदितनारायण , मधु क्षेत्री र बिजय सिंह मुनालको सहयात्रा कुनै बेला नेपाली संगीतमा निकै जमेको थियो । उदित नारायण मुम्बइमा स्थापित गराउन समेत उनले महत्वपुर्ण भूमिका खेलेका थिए ।

उनले आधुनिक बाद्यबादनको यात्रा २०४४ सालमा आफ्नै संगीत तथा तारा देवीको स्वर रहेको गीत ‘तिमी मेरी छोरी हौ’ बाट गरेका थिए ।
नयाँ पुस्तामा पनि निकै भिजेका उनी पछिल्लो समय बानेश्वर बस्दै आएका थिए । आफ्नै निवासमा नयाँ पुस्ताका नवोदित प्रतिभाहरुलाई संगीत प्रशिक्षणमासमेत उनी क्रियासिल थिए । उनको पार्थिव शरीरलाई मंगलबार बिहान ८ बजे पशुपति आर्यघाटमा अन्त्येष्ठी गरिनेछ । उनका ‘तमासा भएछु म त मायाको बजारमा’, ‘तिम्रो अधरले’ लगायतका थुप्रै गीत चर्चित छन् ।