विजय बादी सन्ध्या बदेनी ‘पण्डित बाजेको लौरी’ ट्रेलर सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

बादी जातिको ‘बादी प्रथा’ र पण्डितहरुको ‘पण्डीत्याई’को विषयबस्तु समेटेर निर्माण गरिएको चलचित्र ‘पण्डित बाजेको लौरी’को ट्रेलर सार्बजनिक गरिएको छ । यसअघि चलचित्रको टिजर र एक गीत पनि सार्वजनिक भई सकेको छ । दीपक ओली निर्देशित चलचित्रको ट्रेलरमा कमेडी, प्रेम, बदला, आक्रोस, पश्चाताप, द्वन्दका दृश्य अटाएका छन् । चलचित्र साउन ४ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ ।

चलचित्रमा विजय बराल ‘बादी’ र सन्ध्या केसी ‘बदेनी’ (स्थानीय भाषामा बादी समुदायको स्त्रीलाई गरिने सम्बोधन) भूमिकामा छन् । बादीले जीविकोपार्जनको लागि मादल बनाउछन् । भने, बदेनीले आफ्नो शरीर बेच्ने गर्दछन् । अधृत फिल्मस् प्रालीको व्यानरमा थमनकुमार भण्डारी (राज) र किशोर खड्काले संयुक्त रुपमा निर्माण गरेको चलचित्रमा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिश्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।

‘पण्डित बाजेको लौरी’मा महेश दवाडीको कथा/पटकथा/ संवाद, विदुर पाण्डेको छायाँकन, मित्र डी गुरुङको सम्पादन, विक्रम स्वाँरको कोरियोग्राफी र श्रीकृष्ण बम मल्ल/अमित श्रेष्ठको संगीत रहेको छ ।