बन्ने भो चलचित्र ‘भीमसेन’ शुभ मुहूर्त सम्पन्न


सेलिब्रेटी नेपाल काठमाडौँ

कमेडी, लभ र एक्सन समाबेश नेपाली चलचित्र ‘भीमसेन’ बन्ने भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमबीच यो चलचित्रको घोषणा गरियो । युवी फिल्मस् ग्यालरीको तेस्रो प्रस्तुति चलचित्र ‘भीमसेन’ लाई भोमान कटुवालले निर्देशन गर्दै छन् भने चलचित्रको निर्माता कला राई रहेकी छिन । चलचित्रमा राजु किराती राईको द्वन्द्व निर्देशन, राजन ढुंगेलको संवाद, भोमन कटुवालको कथा, अशोक थापाको सह निर्देशन, पवन गौतमको छायाँकन, अनिल महर्जनको सम्पादन र पुस्कर सुनुवारको संगीत रहने छ ।

संगीत बानियाँ, कोनिका घिमिरे, यादव देवकोटा ‘सरापे’, राजु कमेडी ‘रेम्बो’, अजिता पौडेल, कल्याण अधिकारी, धनराज सुब्बा, राजकुमार राई, महेन्द्रकुमार राईलगायतका कलाकारको अभिनय रहने यो चलचित्रमा अन्य कलाकारको छनोट भइरहेको भोमान कटुवालले बताए । नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, वितरक गोपालकाजी कायस्थ, चलचित्र पत्रकार संघकी उपाध्यक्ष गीता अधिकारी, चलचित्र निर्माण युनिट, कलाकार तथा सञ्चारकर्मीहरुको उपस्थितिमा चलचित्रको शुभ मुहूर्त समेत गरिएको थियो ।