‘भैरे’ को पहिलो गीत सान्नानीलाई भेट्न आउँदा बुद्धि र बर्षाको ठुम्का


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘भैरे’ को पहिलो गीत सार्बजनिक गरिएको छ । जेठ १८ गते प्रदर्शन मिति तोकेको चलचित्रको एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा बुद्दी तामाङ, वर्षा सिवाकोटी र विक्रान्त बस्नेतले कम्मर मर्काएका छन् ।

‘सान्नानीलाई भेट्न आउँदा…’ गीतमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । पुरुषोत्तम प्रधानले छायांकन गरेको भिडियो उत्कृस्ट बनेको छ । बसन्त सापकोटाको शब्द/संगीतमा तयार भएको गीतमा यम बराल, बसन्त सापकोटा र मेलिना राईले स्वर दिएका छन् ।

एभरेस्ट सुर्य बोहराले निर्देशन गरेको चलचित्र गीतमा प्रस्तुत कलाकारका अलावा दयाहाङ राई, सुरक्षा पन्त अर्जुन गुरुङ्, जान्हवी बोहरा, जयनन्द लामा, अनुभव रेग्मी, कञ्चन ठकुरी, सविता गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रमा बसन्त सापकोटा/अर्जुन पोखरेल/यम बरालको संगीत र प्रेम प्रसाद पौडेल र देविमाया अधिकारीको निर्माण छ । चलचित्रको कार्यकारी निर्माता लेख बहादुर पुन (डेनिम) हुन्, भने रघु पुरी र करुणा कर घिमिरे सह-निर्माता रहेका छन् । ‘भैरे’ नेपालय सिनेमा इन्टरनेशनलको व्यानरमा बनेको हो ।