‘भैरे’ बनेका दयाहाङ्गलाई श्रावण ४ मा भेट्न पाइने


सेलिब्रेटी नेपाल काठमाडौँ

यसअघि जेठ १८ मा रिलीज हुने भनिएको नेपाली चलचित्र ‘भैरे’को नयाँ रिलीज मिति तोकिएको छ । दयाहाङ्ग राई स्टारर यो चलचित्र अब श्रावण ४ मा रिलीज हुने भएको छ । जेठ १८ मा रिलीज गर्न सबै तयारी पुरा गरिसकेको अवस्थामा नेपाल चलचित्र निर्माता संघले आन्दोलन आह्वान गरेपछि ट्रेलर रिलीज स्थगन गरिएको थियो । अन्तिम समयमा निर्माता संघको आन्दोलन सहमतिमा टुंगिएपछि प्रचार-प्रसारको लागि समय अपुग भएकोले मिति सार्नु पर्ने बाध्यात्मक अवस्था आएको निर्देशक एभरेष्ट सुर्य बोहराले बताए । निर्देशक बोहराले यसअघि अग्निपरिक्षा, कान्छा, मुटु, ठुली लगायतका चलचित्रहरु निर्देशन गरेका थिए ।

‘भैरे’मा दयाहाङ्ग राईको साथमा सुनिल थापा, सुरक्षा पन्त, बिक्रान्त बस्नेत, बर्षा सिवाकोटी, बुद्दि तामाङ्ग, अर्जुन गुरुङ्, जान्हवी बोहरा, जयनन्द लामा, अनुभव रेग्मी, कञ्चन ठकुरी लगायतको अभिनय रहेको छ । चलचित्रको निर्मातामा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी छन् । पुरुषोत्तम प्रधानले ‘भैरे’ को सम्पूर्ण दृश्य खिचेका छन् । करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल र कुमार बस्नेत चलचित्रका सह-निर्मातामा छन् । नेपालय सिनेमा ईन्टरनेशनलद्वारा निर्मित तथा लेख बहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’ को बनिष शाहले गरेका छन् ।

पुरुषोत्तम प्रधानले छायांकन गरेको यस चलचित्रको कथा निर्देशक बोहराले नै लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यू निरवी र दिनेश न्यौपानेको रहेको छ । ‘भैरे’मा बसन्त सापकोटा, अर्जुन पोखरेल तथा यम बरालको संगीत रहनेछ । कविराज गहतराजको नृत्य निर्देशन तथा सुर्य थोकर र चन्द्र पन्तको द्वन्द्व निर्देशन रहनेछ । यसअघि सार्वजनिक भएका यस चलचित्रका दुई गीत चर्चामा छन् ।