वेनिशाले यसरि मर्काइन् कम्मर ‘ब्लाइण्ड रक्स’ गीत सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

फागुन १८ बाट प्रदर्शनमा आउने चलचित्र ‘ब्लाइण्ड रक्स’को पहिलो भिडियो सार्वजनिक गरिएको छ । प्रदर्शनको मिति नजिकिँदै गर्दा चलचित्रमा समावेश ‘उड्यो मन’ बोलको गीत सार्बजनिक गरेको हो । गीतमा चलचित्रकी मुख्य पात्र वेनिशा हमाल फिचरिङमा छिन् । ब्लाइण्ड गर्ल श्रृष्टि केसीको यथार्थ जीवनकथामा बनेको बायोपिक चलचित्रको सार्वजनिक गीतमा बानिका प्रधानले स्वर दिएकी छिन् भने हरि लम्सालले संगीत दिएका छन् । नरेश भट्टराईका शब्द समावेश गीतको भिडियो उत्कृस्ट बनेको छ ।

दुर्घटनामा दृष्टि गुमाएकी सृष्टि बायोपिक चलचित्रमा अर्पण थापा, गौरी मल्ल, अनिल शाह, बसन्त भट्टको समेत मुख्य भूमिका छ । अभिनेत्री वेनिशाले सृष्टिको भूमिकामा अभिनय गरेकी छन् । निकेश लिम्बु निर्मित चलचित्र एन फिल्मस क्रिएसन र चाम्स इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा बनेको हो ।